९ हजार शिक्षकका लागि खुल्ला विज्ञापन आगामी चैतमा

पुस १०, काठमाडौं । शिक्षक सेवा आयोगले आगामी चैतमा शिक्षकको खुल्ला विज्ञापन खोल्ने भएको छ ।

आयोगका सूचना अधिकारी रामराज खकुरेलले यसै वर्षको अन्ततिर खुल्लाको विज्ञापन खोल्ने तयारीमा आयोग रहेको जानकारी दिए । उनले अब हुने विज्ञापनमा करिब ९ हजार जति पदका लागि विज्ञापन हुने सम्भावना रहेको बताए । यसअघि भर्खरै आयोगले खुल्लाको परीक्षा सकेको छ भने नतिजा आउन अझै बाँकी रहेको छ । आयोगले अहिले १२ हजार ७३७ पदको लागि खुल्लाको विज्ञापन गरेको थियो । जसमा प्रावि तहका लागि ९ हजार ९९६, निमावि तहका लागि १ हजार ६३३ र मावि तहका लागि १ हजार १०८ पदको लागि विज्ञापन भएको सूचना अधिकारी खकुरेलले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार भने अहिले थप २३ हजार शिक्षक आवश्यक छ । यद्यपि आयोगले भने ९ हजार पदको लागि मात्रै विज्ञापन गर्ने सम्भावना रहेको जनाएको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आयोगलाई आन्तरिक विज्ञापनको नतिजाबाट जति रिक्त देखिन्छ, ती सबै पदका लागि विज्ञापन खुल्ला गर्न सरकारले अह्राएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.