पुस १०, काठमाडौं । देशैभरका फार्मेसीहरुको अनुगमन गर्न पर्याप्त जनशक्ति नहुँदा समस्या भएको औषधी व्यवस्थाप विभागले जनाएको छ ।
अनुगमन गर्ने कर्मचारीको संख्या आवश्यक मात्रामा नहुँदना त्यसको फाइदा उठाउँदै कम गुणस्तर र म्याद सकिएका औषधि बजारमा आउने गरेको विभागले स्वीकार गरेको छ । विभागका अनुसार हाल देशभर २१ हजार फार्मेसी रहेका छन् । तर अनुगमन गर्न २२ जना मात्र अनुगमनकर्ता ९निरीक्षक० रहेका छन् । ती निरीक्षकले देशैभरको अनुगमन सजिलै गर्न नसक्दा फार्मेसीहरुले कम गुणस्तर र म्याद सकिएका औषधि बजारमा ल्याउने गरेका विभागका महानिर्देशक नारायण ढकालले बताए ।
उनले भने, “२१ हजार फार्मेसीमा अनुगमन गर्न २२ जनामात्र अनुगमनकर्ता रहेका छन् ।” हाल विभाग अन्तर्गत १ सय १५ जना कर्मचारी कार्यरत छन् । औषधि व्यवस्था विभाग विभागले नियमको उल्लघंन गरी विभिन्न गतिविधिमा संलग्न ११ फार्मेसीमाथि मुद्दा चलाएको थियो भने ३ सय २० मेडिकल क्लिनिकलार्ई सचेत गराएको थियो । ५१ पसल बन्द गराएको र १ सय २८ पसललाई निलम्बन गरेको थियो ।

