निर्मला हत्या प्रकरणः कारवाहीको पहल गरिदिन राष्ट्रसंघमा हस्ताक्षर बुझाइयो

मंसिर ९, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ ।

५ महिना बित्न लाग्दासमेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दैसोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् । यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

निर्मला पन्तलाई न्याय दिन अन्तराष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन् । ‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले सो हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै विगत एक हप्तायता संकलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.