दिगम्बरको नियुक्ती विवादः सञ्चार मन्त्री बाँस्कोटालाई नै हटाउन दबाब

पुस ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई तत्काल हटाउनको लागि आवाज उठेको छ ।

नेकपाका ४३ केन्द्रीय सदस्यले दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेको भोलिपल्टै यस्तो आवाज उठ्न थालेको पार्टीको उच्च स्रोतले जानकारी दिएको छ । बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै शनिबार ज्ञापनपत्र बुझाएका थिए । जारी बैठकबाटै नियुक्ति बदरका निर्णयका लागि निर्देशन दिन स्थायी समिति सदस्यलाई उनीहरूले ध्यानाकर्षण गराएका थिए । यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए । त्यही टोलीमा अब अन्य केन्द्रीय सदस्य पनि थपिए । उनीहरूले सरकारको सिफारिसमा विवादित व्यक्तिले पदक पाएको भन्दै खोस्न पनि माग गरेका छन ।

ज्ञापनमा भनिएको छ,‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं।’ झाको नियुक्तीमा मन्त्री बाँस्कोटाकै हात रहेकोले तत्काल उनलाई नै मन्त्रीबाट हटाउनुपर्ने सम्मको आवाज नेकपाभित्र उठेको छ ।

केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, नीरज आचार्य, कृष्ण केसी, माधव अर्याललगायत ४२ जनाले बुझाएको ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.