पुस ८, बुटवल । प्रदेश नम्वर ५ को प्रदेशसभाको बैठक आज बस्दै छ । गत पुस २६ गते सुरु भएको तेस्रो अधिवेशन आजसम्मका लागि स्थगित भएको थियो । बैठक आज दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समय लिएर समसामयिक विषयमा बोल्ने र ३ वटा विधेयक टेवल हुने कार्यसूचि रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा प्रशारण सम्वन्धि विधेयक र प्रशासनिक कार्यविधि सहित अर्को एउटा विधेयक छलफलका पेश हुने छ । पुष २६ गते बैठक सुरु भएपछि काँग्रेसको महासमिति बैठकका कारण आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

