पुस ८, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शनिबार ५ बजेर ६ मिनेट जाँदा भूकम्प गएको छ । ४ दशमलव ७ म्याग्निच्युडको सो भूकम्पकोे धक्का काठमाडौंसम्म महसुस भएको थियो । शनिबारको भूकम्प २०७२ वैशाख १२ को भूकम्पपछिको परकम्प नभइ भूकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।