दिगम्बर झालाई पदबाट बर्खास्त गर्न नेकपाका ४३ केन्द्रीय सदस्यको ज्ञापन पत्र

पुुस ८, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा ४३ जना केन्द्रीय सदस्यहरुले अध्यक्षद्वयलाई ज्ञापन पत्र बुझाएका छन्।

सरकारले लिएको ‘भ्रष्टाचार विरोधी सुन्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भन्ने घोषणा विपरित भ्रष्टहरुलाई राजनीतिक नियुक्ति दिइएको भन्दै त्यस्तो नियुक्ति हटाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले भ्रष्ट छवि भएका दिगम्बर झा जस्तालाई राजनीतिक नियुक्ति गर्नु र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको जनाएका छन् । ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं।’ पत्रमा भनिएको छ ।

‘एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् र सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका छन् । यस्ता संस्थागत भ्रष्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कार्वाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ ।’ पत्रमा उल्लेख छ।सरकारले नेपाल दुरसंचारका पूर्व अध्यक्ष झालाई गत भदाै २१ गते पुन: अध्यक्षमा नियुक्त गरेकाे हाे। केन्द्रीय सदस्यहरु कृष्ण केसी, ठाकुर गैरे, माधब अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा. विजयकुमार पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा रामचन्द्र झा, विरोध खतिवडा लगायत ३६ जना नेताहरुले विद्युतीय माध्यमबाट आफ्नो सहमति प्रकट गरेको उल्लेख छ।

ज्ञापन पत्रको पूर्णपाठ

मिति : २०७५/०९/०७
कमरेड अध्यक्षद्वय,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),
धुम्बाराही, काठमाडौं, नेपाल ।

विषय : भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गरियोस् भन्ने बारे ।

कमरेड,
सयौं सहिद, हजारौं कार्यकर्ता र लाखौंलाख श्रमजीवी जनताको बलिदान र परिश्रमबाट अहिलेको अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकार गठन भएको हो भन्ने विषयमा दुईमत नहोला । यो सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो । यसैगरी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड के.पी.शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ । सरकारको भ्रष्टाचार विरोधी वचनवद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोशा सञ्चार गरेकै हो । यसो हुँदाहुँदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छवीका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भए ।

यसैगरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भए । यी र यस्ता कतिपय घटनाक्रम तथा काम-कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गंभिर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थाई कमिटीको बैठकमा छलफलको विषय बनाइयोस् । दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौं ।

कमरेड,

हामीले अघिल्लो ज्ञापनपत्रमा ज्वलन्त राजनीतिक विषयका साथै भ्रष्टाचारका विरुद्धको अभियानमा पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थियौं ।

कमरेड,

हामी सशरीर उपस्थित हुनसक्नेले हस्ताक्षर गरेका छौं भने विभिन्न कारणले सशरीर उपस्थित हुन नसक्नेहरुले विद्युतीय माध्यमबाट पठाउनुभएको स्विकारोक्तिलाई आधार मानी नाम उल्लेख गरेका छौं ।

– धन्यवाद !

विद्युतीय माध्यमबाट ‘मेरो समर्थन छ’ भनी समर्थन जनाउने केन्द्रीय सदस्य कमरेडहरुको नामावली

१.रामचन्द्र झा
२.विजय गुरुङ
३.यदुवंश झा
४.सत्रुघ्न महतो
५.निरज आचार्य
६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल
९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला
१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधिर शाह
१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई
२१.मेटमणी चौधरी
२२.गणेश पहाडी
२३.चुडामणी जंगली
२४.सुरेन्द्र मानन्धर
२५.श्री प्रसाद शाह
२६.सुधिर शाह
२७.शेरबहादुर तामाङ
२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१. घनेन्द्र बस्नेत
३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दबिक्रम शाह
३५.श्रीमाया थकाली
३६.डा.वंशीधर मिश्र

उपस्थित भै हस्ताक्षर गर्ने केन्द्रीय सदस्य कमरेडहरु

३७.कृष्ण के.सी.
३८. ठाकुर गैरे
३९.माधव अर्याल
४०. भाष्कर काफ्ले
४१.रामकुमारी झाँक्री
४२.जगन्नाथ खतिवडा
४३.डा.विजयकुमार पौडेल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.