सहरी विकास मन्त्री राई खाजा खाना फुटपाथमा

पुस ७, नेपालगन्ज । शुक्रबार विहानको साढे ८ बजेको थियो । त्रिभुवनचोकको पूर्वबाट ७–८ वटा गाडि आएर त्रिभुवन चोक नजिकै रहेको गोपाल टिस्टलको अगाडि रोकीए । ती गाडि मध्य एउटााबाट ओर्लिए सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई ।

गाडिबाट ओलिएर सरासर गोपाल टिस्टल अगाडि पुगे त्यहाँ थिए नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य उनीसंगै बसेर चिया मागे । त्रिभुवन चोकको पूर्वपट्टी ग्लोबल बैंकको नजिकै फुटपाथमा चिया पसल सञ्चालन गर्दै आएका गोपाल ‘चायवाला’ अचम्म परे ।

प्रहरीको गाडिको स्कटिङ्ग सहित आएका सहरी विकास मन्त्री राई त्रिभुवन चोकमा रहेको कोल्ड कर्नर, लिटिल हंगर तथा कफीसप लगायतमा नगई सिधै आफ्नो फुटपाथको चिया पसल अगाडिको स्टुलमा बसेर चिया माग्दा गोपाल चायवालालाई सपना हो कि जस्तो लागेको थियो तर, सपना नभई त्यो सत्य नै थियो । ‘निर्वाचन भन्दा पहिला त्रीभुवन चोक आउदा उहाँले (मन्त्रीराईले) गोपाल चायवालाको स्टलमा चिया खाने गर्नुहुन्थ्यो मन्त्री भएर आउदा पनि उहाँ अनेत्र नगई सरासर त्यही गएर चिया खाएर अपनत्व दर्शाउनु भयो’–नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने–‘उहाँले अपनत्व र सहजताका साथ आएर हामीसंगै बसेर चिया खाएर अहिले मन्त्री हुदा र हिजो सर्वसाधरण हुँदा एकै आनीबानी प्रस्तुत गर्नुभयो ।’

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारका क्याविनेट मन्त्री राईले फुटपाथमा बसेर चिया मात्र खाएनन उनले त्यही फुटपाथको ठेलामा तयार गरिएको हलुवा कचौडि र चनाको पनि खाजा खाए । नेपालगन्जमा विहान पुरनो पत्रिका माथि सालको पातमा राखेर सुजीको हलुवा, कचौडी, आलु चनाको तरकारी राखेर खाने चलन छ । चना कचौडी र हलुवा खाँदै मन्त्री राईले स्थानीयको गुनासो पनि सुनेका थिए । अन्य ठाँउमा गएर खाँदा टिका टिप्पणी हुने भएको र सर्वसाधारणसंग भेट गर्न असहज हुने भएकोले सर्वसाधारणलाई भेट्नको लागि पनि मन्त्री राईले फुटपाथमा बसेर चिया खाजा खादै जनगुनासो सुनेको बताए । राजधानीबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.