चीनले पाकिस्तानमा सैन्य विमान र हतियार निर्माण गर्ने

पुस ७, काठमाडौं । पाकिस्तानको वायुसेना र चिनियाँ अधिकारीबीच पाकिस्तानमा चिनियाँ सैन्य विमान, हतियार तथा अन्य सैन्य सामाग्रीको निर्माण गर्ने विषयमा सहमति भएको छ। योबाहेक पाकिस्तान र चीनबीचको मित्रता अन्तरिक्ष कार्यक्रममा सहकार्य गर्नेसम्म पुगेको बताइएको छ।

दुई देशबीचको उक्त सम्झौतालाई लिएर पेन्टागनले वास्तवमा चीनले उनको दशकौं पुरानो एजेन्डामा काम गरेको र त्यसअनुरूप पाकिस्तानलाई सैन्य प्रयोजनमा प्रयोग गर्ने योजना बनाएको जनाएको छ।

चीन आफ्नो योजनालाई बेल्ट एन्ड रोड परियोजनामार्फत् अगाडि बढाइरहेको छ जसमा पाकिस्तानको एक हिस्सामा चीन पाकिस्तान इकोनोमिक कोरिडोरको नाममा विकास भइरहेको छ। १० खर्ब डलरको योजनाअन्र्तगत चीन ७० देशमा उक्त परियोजनालाई अगाडि बढाइरहेको छ। चिनियाँ अधिकारीहरूले बेल्ट एन्ड रोड परियोजनालाई शान्तिपूर्ण उद्देश्यअन्र्तगत आर्थिक परियोजना भएको बताइरहेका छन्।
पाकिस्तानमा आफ्नो परियोजनालाई लिएर पहिलोपटक स्पष्ट रूपमा इस्लामाबादसँग सैन्य योजनामा सहमति भएको चीनले बताएको न्युयोर्क टाइम्सले जनाएको छ।

यसै वर्षका सुरुमै चीन र पाकिस्तानबीच एक गोप्य प्रस्तावमा वार्ता भएको अखबारले दावी गरेको छ। वार्तामा सिपेकअन्तर्गत एक विशेष आर्थिक क्षेत्र बन्ने छ र त्यहाँ पाकिस्तानले नयाँ पुस्ताका लडाकू विमान र सैन्य सामानको निर्माण गर्ने विषयमा विस्तृत छलफल भएको अखबारले जनाएको छ। पहिलोपटक दुई देश मिलेर संयुक्त रूपमा पाकिस्तानका कारखानाहरूमा नेभिगेसन सिस्टम, राडार सिस्टम र हतियारको निर्माण गर्नेछ। यस प्रस्तावलाई चाँडैनै सम्झौताको रूप दिएर कार्यान्वयनमा लग्ने बताइएको छ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.