टरिगाउँ विमानस्थलमा टर्मिनल भवन बन्ने

पुस ७, तुलसीपुर । दाङ जिल्लाको टरिगाउँ विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय (टर्मिनल भवन) बन्ने भएको छ । भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाइसकिएको नागरिक उड्डयन प्राधिकरण दाङ शाखाले जनाएको हो ।

६० लाखर रूपैयाँको लागतमा टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले टेण्डर आह्वान गरेको छ । उक्त भवनमा शौचालय, यात्रुकक्ष, सुरक्षाकक्षलगायत रहने जनाइएको छ । तुलसीपुर उपमहानगरपालिकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । विमान सेवा निरन्तर सञ्चालन भएको र उक्त भवन पुरानो भएका कारण यात्रुलाई असहज हुँदै आएको थियो।

भवन निर्माणका लागि टेण्डर आह्वान हुनाले विमानस्थल नियमित सञ्चालनमा आउने सङ्केत मिलेको उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले बताए । विमानस्थलमा अस्थायी डिपो निर्माणका लागि स्थलगत अध्ययन गर्न अर्को साता काठमाडौंबाट एक टोली आउने पनि उहाँले जानकारी दिए । लामो समयसम्म अवरुद्ध भएको दाङको विमान सेवा पछिल्लो समयमा उपमहानगरपालिकाको सक्रियतामा सञ्चालनमा आएको हो । अहिले नेपाल वायुसेवा निगमले सातामा तीन पटक उडान भरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.