सोमालियामा हवाई कारबाहीमा ११ लडाकूको मृत्यु

पुस ७, मोगादिसु । सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ ।

सोमालियाको राजाधानी मोगादिसुबाट करिब ४० किलोमिटर उत्तरमा बेलेद अमिन भन्ने स्थानमा गरिएको हवाई आक्रमणमा ती लडाकू मारिएको यु.एस. अफ्रिका कमान्ड (अफ्रिकम) द्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । वक्तव्यमा सोमालीयाको सरकारी फौज र अफ्रिकी युनियन मिसन (अमिसोम)मा खसिटएका सेनाले अल–सबाबका सैनिक अखाडाहरु नष्ट गर्नेगरी कारबाही गरिरहेके बताइएको छ । कारबाहीका क्रममा अमेरिकी र अन्य सैन्य टोलीमाथि कुनै किसिमको क्षति नभएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सोमालियाको राजधानी मोगादिसुलाई लक्षित गरी अल–सबाबले आक्रमण गर्ने योजना बनाएको अमेरिकी दाबी छ । रासस ÷सिन्ह्वा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.