सरकारविरुद्ध गोयवल्स प्रचार नगरौँ : सञ्चारमन्त्री बास्कोटा

पुस ५, काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारविरुद्ध गोयवल्स शैलीमा प्रचार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जे कुरामा पनि सरकारको खेदो खन्नु आवश्यक नभएको बताएका हुन् । उनले ३ वर्षअघि ०७३ साउन १३ गते ८ अर्ब ५६ करोड खर्च गरेर ४ हेलिकप्टर किन्न अनुमति दिएको प्रसंग उक्काउँदै उतिबेलाको कुरा निकालेर अहिलेको राष्ट्रपतिलाई बदनाम गराउने कोशिस भएको बताए । “जे कुरामा पनि राष्ट्रपतिलाई जोड्नुपर्ने उद्देश्य के हो ?,” उनको प्रश्न थियो ।

उनले दुर्गमका प्रसूती, सुत्केरी महिलाका लागि एअरबस खरिद गरेको, मलेसियासँग श्रम–सम्झौता भइसकेको र जापानसँग सम्झौता गर्ने तयारीमा सरकार रहेको भन्दै सरकारले कामै गरेन भन्ने चर्चाको खण्डन गरे । त्यस्तै उलने रेलका खरिदका लागि ५० करोड रकम विनियोजन भइसकेको दाबी गर्दै ऐनका कारण सम्झौता भए पनि पानीजहाज खरिद प्रक्रिया रोकिएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.