असन्तुष्ट लगानीकर्ताको आमरण अनसन स्थगित

पुस ५, काठमाडौं । सेयर बजार सुधारको माग राखेर चार दिनदेखि आमरण अनसनमा बसेका लगानीकर्ताले अनसन स्थगन गरेका छन् ।

सेयर लगानीकर्ता दबाब समूहको तर्फबाट अनसन बसेका हरि ढकाल र तिलक कोइरालाले अर्थमन्त्रीद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि अनसन स्थगित गरेका हुन् । प्रतिवेदन अध्ययन गरेर आगामी कार्यदिशा तय गर्ने निर्णयसहित अनसन स्थगन गरिएको आन्दोलनरत समूहका नेता तथा सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए ।

अनसनकारी ढकाल र कोइरालाले एकअर्कालाई पानी खुवाएर अनसन तोडेका हुन् । दबाब समूहले शुक्रबारदेखि सम्बन्धित निकायमा खबरदारी गर्ने बताएको छ । यसैबीच बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै आमरण अनसनमा बसेका हरि ढकाल र तिलक कोईरालाले अनसनलाई लिएर विभिन्न मिडियामा आएका भ्रामक समाचारको खण्डन गरेका छन् । समग्र पूँजीबजारको सुधारका र दीर्घकालीन विकासका लागि आफूहरु अनसन बसेको बताउँदै उनीहरुले आफ्नो लगानी टुकुचा खोलामा बगेको बताए ।

उता, लगानीकर्ताको आन्दोलन र मागका सम्बन्धमा सरकारले गठन गरेको समितिले बुधवार आफ्नो प्रतिवेदन बुझाइसकेको छ । तर, उनीहरुले समितिको प्रतिवेदन सुधार गर्ने भन्ने भ्रम सिर्जना गर्नमा रहेको उनीहरुको टिप्पणी छ । बुधबारै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाइए पनि प्रतिवेदनमा उल्लेखित विषय मन्त्रालयले सार्वजनिक गरिसकेको छैन

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.