टोखाबाट ७४ हजार नगदसहित १३ जुवाडे पक्राउ

पुस ४, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– १ झोरबाट १४ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग टोखाको टोलीले उनीहरुलाई सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ७४ हजार १ सय ६० रूपैया र ६ बुक तास बरामद भएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.