पुस ४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन विजय लामालाई प्रवक्ता नियुक्त गरेको छ ।
निगमले बुधबारबाट लागू हुने गरी क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सहायक प्रवक्तामा नवराज कोइराला नियुक्त भएका छन् । झन्डै तीन दशकदेखि निगमका जहाज उडाइरहेका लामा पछिल्ला केही वर्षदेखि १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् ।
“नेपाल वायुसेवा निगमलाई सकारात्मक सोचका साथ अगाडि बढाउनुर्छ, कमीकमजोरी आफ्नो ठाउँमा छ र तिनलाई घटाउँदै लानेछौं,” प्रवक्ता नियुक्त भएलगत्तै क्याप्टेन लामाले बुधबार बाह्रखरीसँग भने, “विगतमा भएका गल्तीलाई सच्याउँदै सुधार गर्दै निगमलाई अगाडि बढाउने हाम्रो विशेष लक्ष्य छ ।”

