नियन्त्रित मनोद्दिपक लागुऔषध १५ सय एम्पुलसहित तीनजना पक्राउ

पुस ३, काठमाडौं । काठमाडौंको सुन्धाराबाट नियन्त्रित मनोद्दिपक लागुऔषध १५ सय एम्पुलसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं.३१ पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, जैसीदेवल बस्ने २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वी चपारण मोतिहारी जिल्ला घोडासैन थाना, अमुवा ग्राम बस्ने वर्ष २१ वर्षीया विकास कुमार कुशवाह रहेका छन् । उनीहरुको साथबाट लागुऔषध डाईल्याब–५ सय एम्पुल, बुप्रेनोर्फिन नुफिन–५सय एम्पुल र फेनारगन–५ सय एम्पुल गरी जम्मा १५सय एम्पुल बरामद भएको लागुऔषध नियन्त्रण व्युरोले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.