सचिव डा पुष्पा चौधरीको मुद्दामा आज सुनुवाइ

पुस ३, काठमाडौं । स्वास्थ्य सचिवबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि अदालत पुगेकी डा पुष्पा चौधरीको मुद्दामा आज सुनुवाइ हुँदैछ। न्यायधीशद्वय मीरा खडका र ईश्वरप्रसाद खतिवडाको इजालशमा चौधरीको मुद्दाको पेशी परेको छ।

यसअघि अदालतले उनलार्इ सरुवा गर्ने र केदारबहादुर अधिकारीलाई स्वास्थ्य सचिव को जिम्मेवारी दिने निर्णय माग्ने आदेश गरेको थियो। चौधरी र सरकारले दायर गरेको निवेदनलाई साथै राखेर सर्वोच्च अदालतले सुनुवाइ गर्दा दुईटै निर्णय मागेको हो। यसअघि उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजालासमा परेको थियो।

स्वास्थ्य सचिवको जिम्मेवारी कुशल ढंगल निर्वाह नगरेको भन्दै सरकारले चौधरीलाई कारबाहीस्वरुप प्रधानमन्त्री कार्यालय तानेको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिंदै चौधरीले २०७५ कात्तिक १५ गते रिट दायर गरेकी थिइन्। सर्वोच्चले तत्काल स्वास्थ्य सचिवबाट नहटाउन अन्तरिम आदेश जारी गरेपछि उनी स्वास्थ्य मन्त्रालय नै फर्केकी थिइन्। तर सरकारले अदालतको आदेशविरुद्ध २०७५ मंसिर ५ गते भ्याकेटको निवेदन दायर गरेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.