घरभाडाको रकम कट्टा गर्न सांसद भुसालको आग्रह

पुस २, काठमाडौँ । सांसद पम्फा भुसालले काठमाडौँ उपत्यकामा घर भएर भाडा लिएका सांसदको सूचीमा आफ्नो नाम परेकोमा आश्चर्य व्यक्त गर्नुभएको छ ।

ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भुसालले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “उपत्यकामा घर भएर भाडा लिएका सांसदको सूचीमा मेरो समेत नाम आएकामा म आश्चर्यमा परेको छु, संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ ।” राजनीतिलाई आफूले निष्ठापूर्वक गरिने सामाजिक सेवाका रुपमा लिएको र तदनुरुप चार दशकदेखि क्रियाशील भएको हुँदा आर्थिक अनुशासनका बारेमा आफूसँग जोडेर उठाइने प्रश्नले धेरै नै गम्भीर बनाएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी भएन, जानकारीपछि सचिवालयमा गएर सांसद हुँदा घरभाडावापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।” काठमाडौंमै घर भएका सांसदहरूले पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको समाचार सार्वजनिक भएसँगै सांसदहरुको चर्को विरोध भइरहेको छ ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.