मन्त्री महासेठलाई स्थायी कमिटीबाट हटाउन नेकपा नेताको निवेदन

पुस १, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई विधान विपरीत नेकपाको स्थायी कमिटी सदस्य बनाइएको भन्दै उनलाई सो पदबाट हटाउन निवेदन परेको छ ।

धनुषा ४ बाट निर्वाचित सांसदसमेत रहेका महासेठको स्थायी कमिटी सदस्य पद बदर गर्न सोही जिल्लाका नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साहले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन् । नेकपाको विधानअनुसार स्थायी कमिटी सदस्य हुन कम्तीमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्नेमा महासेठ अहिलेसम्म पोलिटव्यूरो सदस्यनै नभएकाले उनलाई स्थायी कमिटी सदस्य बनाइनु विधान विपरीत रहेको निवेदनमा उल्लेख छ ।

पार्टी अध्यक्ष र महासचिवलाई सम्बोधन गरेर दर्ता गरिएको निवेदनमा महासेठको ठाउँमा मधेशबाटै प्रतिनिधित्व गर्ने धर्मनाथ साह, नागेन्द्र चौधरी, बैजनाथ चौधरी, सत्रुघन महतो, लालबाबु पण्डित, योगनारायण यादव, बंशीधर मिश्रमध्येबाट स्थायी कमिटी सदस्य बनाउन मागसमेत गरिएको छ । निवेदनमा भनिएको छ ‘पार्टीको अन्तरिम विधान बमोजिमको अपेक्षित योग्यता नरहेको हुनाले भूल र असावधानीवश पार्टी स्थायी कमिटी सदस्यमा हुन गएको उहाँको मनोनयन प्रारम्भदेखिनै रद्द गरिनुपर्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.