मंसिर २८, काठमाडौँ । हालसम्म मुलुकमा निर्माण भएका कुल ३ सय ९३ कानुनमध्ये आगामी तीन महिना अर्थात फागुन ३ भित्र १ सय ७४ वटा कानुन एकैपटक संसोधन हुने भएका छन ।
संविधानसँग बाझिएका सबैजसो कानुन संघीय संसद्को बैठक बसेको १ वर्षभित्र पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले यति ठूलो संख्यामा एकैपटक संशोधन हुन लागको हुन । एकैपटक यति धेरै संख्यामा कानुन संशाेधन हुन लागको यो पहिलो घटना हो ।
मुलुक पहिलोपटक संघीय राज्य व्यवस्थामा गएको र समावेशी समानुपातिक लगायतका विषयसमेत सबै कानुनलाई सम्वोधन गर्नुपर्ने भएकाले सरकारले कानुन संशाेधनका लागि तयारी सुरु गरेको छ ।

