काभ्रेमा बसको ठक्करबाट मोटरसाइकल सवार एक युवाको मृत्यु

मंसिर २६, काभ्रे । धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.