प्रदेश ३ को राजधानी हेटौडा- मुख्यमन्त्री पौडेल

मंसिर २६, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा नै हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले अहिलेको अस्थायी राजधानी हेटौडा नै स्थायी राजधानी हुने दाबी गरेका हुन्।

मुख्यमन्त्री पौडेलले आफूहरु भर्खंरै एउटा ट्रयाकमा हिँड्न थालेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे । ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी सार्नेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ’, मुख्यमन्त्री पोडेलले भने, ‘१३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

मुख्यमन्त्री पौडेलले आउँदो पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी समेत गरे । ‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं’, मुख्यमन्त्री पौडेलले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.