स्टेफनको सरुवा रकम एमएलएसकै कीर्तिमानी

मंसिर २६, एजेन्सी । मेजर लिग सकर (एमएलएस) को  क्लब कोलम्बस क्रुका अमेरिकी गोलकिपर ज्याक स्टेफन कीर्तिमानी सरुवा रकममा इङलिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी जाने भएका छन् ।

कोलम्बस क्रुले स्टेफनको सिटी सरुवा सहमतिलाई ‘ऐतिहासिक सरुवा’ भनेको छ । २३ वर्षे गोलपिकर २०१९ को जुलाईमा चार वर्षका लागि इत्तिहाद लाग्नेछन् । उनको सरुवा रकम ७० लाख पाउन्ड रहेको बताइएको छ । अमेरिकी मेजर लिगको आगामी सिजन मार्चमा सुरु हुनेछ । सिटी र कोलम्बस क्रुबीच भएको सहमतिअनुसार आगामी सिजनको सुरुआतका खेलहरु स्टेफनले वर्तमान क्लबबाट खेल्न पाउनेछन् ।  अमेरिकी राष्ट्रिय टोलीमा भर्खरै एक नम्बर गोलकिपरको स्थान बनाउन सफल स्टेफनले ६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । १० वटा खेलमा एउटै गोल नखाएवापत स्टेफनले वर्ष २०१८ को उत्कृष्ट एमएलएस गोलकिपर पुरस्कार पाएका थिए ।

सिटीले कोलम्बस क्रुसँग सरुवाको विषयमा सहमति भएको पुष्टी गर्दै स्टेफन अमेरिकामा रहेका असाधारण प्रतिभामध्ये एक रहेको बताएको छ । यसैगरी क्रुले यसलाई क्लब इतिहासकै सबभन्दा ठूलो रकमको सरुवा भएको बताएको छ । मेजर लिग सकरको २३ वर्षे इतिहासमा कुनै पनि गोलकिपर सरुवा हुँदा लगाइएको यो सबभन्दा ठूलो मुल्य हो ।  ‘क्लबका लागि यो ऐतिहासिक लेनदेन हो । ज्याक स्टेफनका लागि चाँही यो विशेष अवसर हो । हामी स्टेफनको यो उपलब्धि र ऐतिहासिक सरुवाप्रति गौरवान्वित छौं,’ कोलम्बस क्रुका महा प्रवन्धक पाट ओन्सटाडले भने ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.