राजनीतिक पूर्वग्राही नराखी विकास निर्माणमा जुटौं – अध्यक्ष लामा

मंसिर २५, काठमाडौं । रोशी गाउँपालिका काभ्रेका अध्यक्ष डि.बि. लामा मोक्तानले विकास निर्माणको कार्यमा निश्वर्थ र राजनीतिक पूर्वग्राही नराखी एक जुट हुन आग्रह गरेका छन् ।

प्रारम्भ खबरको विशेष कुराकानीमा अध्यक्ष लामाले रोशी गाउँपालिलाई आर्थिक समृद्धि तथा नमूना गाउँपालिकाको रुपमा स्थापित गर्न आफु तदारुकताका साथ लागिपरेको बताए । जिल्लाकै अन्य गाउँपालिकाको तुलनामा विकासको संभावना भएको आफ्नो पालिकालाई आर्थिक रुपमा बलियो बनाउँदै लान विशेष कृषि र पर्यटनका क्षेत्रमा अध्ययन सहितको योजना विस्तार गरेको बताए ।

उनले गाउँको जुनसुकै विकास कार्यमा प्रत्येक नागरिकको प्रत्यक्ष सहभागीता हुनुपर्ने र जनप्रतिनिधिहरु पनि जवाफदेहिता हुनुपर्ने बताए । अध्यक्ष लामाले विकास र परिवर्तनको कुरामा राजनीतिक दलको रुपमा प्रस्तुत नभई सबैले सकारात्मक भूमिका सहित सहभागीता जनाउन समेत आग्रह गरे । गाउँपालिकाको आर्थिक स्तरउन्नतिका लागि बालुवा गिटिट् तथा क्रसर उद्योग एक बलियो आधार भएको उल्लेख गर्दै सबै व्यवसायिले कानुनी प्रक्रिया तथा व्यवस्थित तरिका सञ्चालन गर्नुपर्ने बताए । रोशी गाउँपालिका वि.पि राजमार्गसंग जोडिएकाले आन्तरिक पर्यटकको समेत आकर्षण केन्द्र भएको र त्यसलाई व्यवस्थित बनाउँदै जलधार निर्माण गर्ने, भिङखोरी ग्याङ डाडादेखि शिखरआम्बोटेको ताराखसेसम्म पर्यटन पदमार्गको लागि अनुसन्धान भईरहेको छ – अध्यक्ष लामाले भने ।

गाउँपालिकाको प्रत्येक तहहरुमा सूचनामैत्री बनाउन रोशी रेडिया तथा पत्रिका समेत प्रकाशन, प्रशारणमा ल्याएको छ । समाजमा हुने सामाजिक अपराधलाई   नियन्त्रण गर्न निष्ठवान भएर लागि परेको बताउँदै महिला तथा लैंगिक सुरक्षा प्रणालीका कार्यक्रमहरु ल्याएको बताए । सामाजिक परिवर्तन, विकास निर्माणका लागि सकारात्मक सोँचमा विश्वास गर्दै रोशीलाई सम्वृद्धि बनाउने अभियानमा साथ दिन अन्य जनप्रतिनिधि र जनताहरुलाई आग्रह गरे ।

बाँकी भिडियोमा

सम्बन्धित समाचार