प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने २५ जना अधिकारकर्मी पक्राउ

मंसिर २४, काठमाडौं । बालुवाटास्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरिरहेका २५ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियनत्रणमा लिएको हो ।शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।

यस्तै, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायणकुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जानकारी दिएको छ ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका दोषी पहिचन नहुनु सरकारको अक्षमता रहेको भन्दै शान्ति समाजले बिरोध प्रदर्शन गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.