अनुसन्धानमा दबाब दिएको प्रमाणित भए ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ– आईजीपी खनाल

मंसिर २४, काठमाडौं । संसदको दिगो विकास र सुशासन समितिको वैठकमा आज कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बारेमा छलफल भएको छ।

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालसहितको छलफलमा सांसदहरुले हत्याको अनुसन्धानमा प्रहरी सक्रियताबारे जवाफ माग गरेका छन्। बैठकमा सासंद प्रमिला यादवले आईजीपी खनालको राजिनामा माग गरिन्। उनले भनिन्, ‘‘निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्म जस्तो भयो । तपाईंले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।’’ बैठकमा बोल्दै सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको संज्ञा दिए । उनले प्रहरीको उज्यालो छवि धमिलिएको भन्दै सोधे , (“प्रहरी दाँत बिनाको कुकुर किन बन्यो ? दाँत नभएको कुकुरले टोक्न सक्दैन ।’’

त्यस्तै सासंद चक्र स्नेहीले हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै न्याय नपाइने बताउदै हत्याको सत्यतथ्य बाहिर ल्याउन माग गरे । अर्का सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए । उनले आईजीपी खनालतर्फ नै इंगित गर्दै मिलोमतोमा शक्तिशाली अपराधी लुकाएको आरोप लगाए। उनले आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएको दाबी गरे।

सांसदहरुको जिज्ञासाको जवाफ दिंदै आईजीपी खनालले निर्मला हत्याकाण्डको अनुसन्धान जटिल बनेको स्वीकार गरे। ढिलोचाँडो हत्यारा कानुनी दायरामा ल्याइ छाड्ने बताउदै उनले आफुले कोही कसैलाई दबाब नदिएको बताए। ‘‘मैले अनुसन्धानका क्रममा कसैलाई दबाब दिएको प्रमाणित हुन्छ भने ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ । अनुसन्धान निश्पक्ष र दबाबरहीत छ ।’’ उनले भने। उनले निर्मला हत्याकाण्डको अनुसन्धानको चिन्ताले आफूलाई निद्रै लाग्न छाडेको समेत बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.