जनमत संग्रह गराएरै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड

मंसिर २४, चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताएका छन् ।

भरतपुर गणेशधाम निर्माणार्थका आयोजित वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा।कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । ‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।

नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे । मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञमा मंसिर २९ गतेसम्म चल्नेछ । महायज्ञबाट करिव २० करोड रुपैयाँ संकलन लक्ष्य राखिएको छ । गणेशधाम निर्माणका लागि करिव ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । गणेशधाम निर्माणका लागि प्रदेश ३ को सरकारले ९० लाख विनियोजन गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.