मंसिर २३, काठमाडौं । इस्लिङटन कलेजबाट स्नातक उपाधी हासिल गरेका २ सय ९१ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आयोजित समारोहमा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर प्रो। डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका हुन् ।
दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटनले कलेजले गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे । कार्यक्रममा आईएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए । कलेजले आगामी दिनमा थप नया योजना अघि बढाउने जानकारी गराउँदै उनले भने, “हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौ, अब रोजगार सहितको शिक्षा दिनेछौं ।”
सूचना र प्रविधिमा आधारित कलेजको शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा दिने दावी गरे । दिक्षान्त समारोहमा १ सय २३ जना बिएस्सी अनर्स कप्युटिङ, ७१ जना बिएस्सी अनर्स कप्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी, ४६ जना मल्टिीमिडिया टेक्नोलोजी र ५१ जना बीबीएका विद्यार्थी रहेका छन् ।

