पाँच अस्पताललाई रिफरल अस्पताल बनाइने

मंसिर २३, काठमाडौं । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पुरानै पाँच अस्पताललाई रिफरल अस्पताल बनाउने प्रस्ताव मन्त्रीपरिषदमा लगेको छ ।

उक्त प्रस्तावलाई विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति जनाएको छ । हाल सञ्चालनमा आएका पाँच अस्पताललाई नै स्तरोन्नति गरी ५ शैय्यामा बढाएर विशेषज्ञसहितको सेवा दिने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । ती पाँच अस्पतालहरुमा नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल, भरतपुर अस्पताल, कोशी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पताल छन् ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राखेको उक्त प्रस्तावमाथि सैद्धान्तिक सहमति जनाउँदै छलफलका लागि सामाजिक समितिमा पठाइएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यी अस्पताललाई प्रदेशअन्तर्गतको रिफरल अस्पतालको रुपमा विकास गरिने प्रस्तावमा उल्लेख छ । सामाजिक समितिले अस्पतालको अवस्था र स्तरोन्नतिको सम्भाव्यता अध्ययन गरी निर्णयार्थ मन्त्रिपरिषद्लाई राय दिनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.