सभासद लामाद्वारा पाँचवटा एम्वुलेन्स वितरण

मंसिर २३, दोलखा । नेपाली कांग्रेस प्रदेश ३ दोलखाका सभासद जिपछिरिङ लामाले जिल्लाका लागि ५ वटा एम्बुलेन्स सहयोग गर्नुभएको छ ।

राजधानीमा आइतबार एक कार्यक्रमकबीच सभासद लामाले आफ्ना आमाबाबुको नाममा स्थापित तोङमा दाडोमा लामा स्मृति प्रतिष्ठानका तर्फबाट दोलखा जिल्लाका लागि पाँच वटा एम्बुलेन्स सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै सभासद लामाले जिल्लाको जिरी, बिगु, तामाकोशी, मेलुङ र कालिन्चोक गाउँपालिकाका जनताको सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सहयोग गर्न पाउदाँ खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बिमलेन्द्र निधिले देशको बर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । वर्तमान सरकारबाट मुलुकमा बिकास र समृद्धि नआउने उहाँको दाबी थियो । सोही अवसरमा नेता निधिले सम्बन्धित नगर र गाउँपालिकाका अध्यक्षलाई एम्बुलेन्स बितरणको गर्दै सम्बन्धित चालकहरुलाई साचो हस्तान्तरण गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.