महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी सम्मेलन काठमाडौंमा हुने

मङ्सिर २३, काठमाडौं । महिनावारीः “विश्रामको लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारीको बेला अगाडि बढ्न सुनिश्चित गरौंँ” भन्ने अभियानका साथ महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी सम्मेलन हुने भएको छ ।

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एमएचएमपी एलायन्स) र जीआईजेडको सहयोगमा आउँदो मङ्गलबार काठमाडौंमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा करिब ३५० जना विज्ञ, नीति निर्माता, अभ्यासकर्ता, अनुसन्धानकर्ता, किशोर तथा युवा र सञ्चार प्रतिनिधिहरूबीच महिनावारी स्वास्थ्य व्यवस्थापनका विषयमा छलफल हुनेछ । समग्र स्वास्थ्य र अधिकारका मुद्दाहरूमा लिइनुपर्ने तथ्यमा आधारित बहुक्षेत्रगत साझेदारीका विषय तय गर्ने उक्त सम्मेलनको उद्देश्य रहनेछ ।

नेपालमा महिला र किशोरीहरूले महिनावारीका क्रममा थुपै्र समस्या भोग्दै आइरहेकोले ती समस्या समाधान गर्न सम्मेलन महत्वपूर्ण हुने बताइएको छ । नेपालमा महिनावारीमा सफा पानी, सुरक्षित र लैङ्गिक चर्पीको अभाव, लज्जा र असहजता लगायतका समस्या भोग्नुपर्ने वाध्यात्मक अवस्था रहेकोले महिला र किशोरीले भोग्नुपरेका महिनावारीसम्बन्धी व्यवधानलाई सम्बोधन गर्न सम्मेलन फलदायी हुनेछ । हरेक किशोरी महिनावारीको समयमा सरसफाई सामग्रीको अभावविना पनि स्वस्थ रहन सकुन् र त्यसका लागि पहिलोपटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाईमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरूलाई मेट्ने उद्देश्य सम्मेलनको रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.