मंसिर २२, काठमाडौं । नेपाली काँग्रेसका घटक संगठन नेपाल प्रेस युनियन साँखु काठमाडौं शाखाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिङ केसीले मूलुकमा जति परिवर्तन भएका सम्पूर्ण श्रेया सञ्चारकर्मीहरुको रहेको उल्लेख गर्नुभयो । प्रमुख अतिथि समेत रहेका नेता केसीले सामाजिक,राजनीतिक तथा राज्य व्यवस्था परिवर्तनमा समेत पत्रकारहरुको ठूलोग योगदान रहदै आएको व्यक्त गर्दै स्वतन्त्र र निश्पक्ष ढंगले पत्रकारिता गर्न सुझाव दिनुभयो ।

नेपाल प्रेस युनियन साँखु शाखाको तेस्रो अधिवेशनबाट नयाँ कार्य समिति गठन गरिएको छ । सोही अवसरमा प्रदेश ३ को प्रतिनिधि चयन समेत गरिएको छ ।

