मंसिर २२, काठमाडौं । काठमाण्डौं कपनस्थित रिलायन्स ईन्टरनेशनल एकेडेमी तथा रिया साहित्य समाजले शनिवार १०९ औं लक्ष्मी जयन्तीको अवसर पारेर उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगीता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

वरिष्ठ साहित्यकार डाक्टर तारानाथ शर्माले उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार एवंम् समालोचक प्राध्यापक राजेन्द्र सुवेदीलाई बिस हजार पाँच रुपैया नगद राशीका रिया साहित्य स्रष्टा सम्मान पुरुस्कार प्रदान गर्नुभयो । रिलायन्स ईन्टरनेशनल एकेडेमी तथा रिया साहित्य समाजले विक्रम संवत २०६९ मा स्थापना गरेको यस पुरुस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल,प्रा.डा. कुमार बहादु जोशी, प्रा.डा.चुडामणि बन्धु,प्रा.डा. महादेव अवस्थी,प्रा.डा. वासुदेव त्रिपाठी र डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो । यसैगरि कार्यक्रममा वरिष्ठ कवि ,लेखक तथा साहित्यकार र समालोचकहरुले वर्तमान राजनीतिकासाथै हत्याहिसांमा आधारीत चोटीलो साहित्यीक सीर्जनाहरु वचन गरेर सुनाउन’भएको थियो ।

समारोहमा कविहरु वलराम दाहाल,नारायण निरासी,त्रिलोचन आचार्य,खेमराज पोखरेले,केशवराज पाठक,शिवराज लामिछाने,गणेश मिश्र, विशु वहादुर केसि लगायत वीस जना भन्दा ज्यादा कविहरुले समसामयिम विषयमा आधारीत कविता वाचन गर्नुभएको थियो । समारोहमा रमेश शुभेच्छुकले सम्मानीत स्रष्टा प्राध्यापक राजेन्द्र सुवेदीको व्यक्तित्व, नेपाली साहित्य जगतमा पु¥याएका योगदानका बारेमा चर्चा गर्नुभएको थियो । प्राध्यापक सुवेदीले सम्मानपश्चात रिलायन्स ईन्टरनेशनल एकेडेमी र रिया साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न होसला मिलेको धारणा राख्नुभयो । उपत्यकाको २४ विद्यालयको सहभागीता रहेको पहिलो चरणको वक्तुत्वकला प्रतियोगिता भने मंसिर २१ गते शुक्रवार सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा ६ वंक्ताहरु छानिए पश्चात शनिवार सोहि प्रतियोगीहरुबीच गराईएको अन्तिम प्रतिस्पर्धामा पायोनीयर पव्लीक स्कूल, कपनकी छात्रा दीपीका ढुगाँना प्रथम, मनकामना बोडिङ स्कूल जोरपाटीकी छात्रा प्रवीणा पौडेल दितीय, टाईमलाईन, एकेडेमी, जोरपाटीकी छात्रा प्रेनिशा सञ्जेल तृतीय भएका थिए । त्यसैगरि अन्य सान्तवना पुरुस्कार विभीन्न विद्यालयका छात्राहरुले प्रदान गरियो ।

