मंसिर २२, काठमाडौं । आज बस्ने भनिएको संबैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीशमा सिफारिस गर्नका लागि सोमबार बसेको बैठक बिना निश्कर्ष टुङ्गीएपछि बैठक आजका लागि बोलाइएको थियो ।
आज बस्ने भनिएको बैठक शनिबार भएको भन्दै स्थगित गर्नु परेको संबैधानिक परिषदले जनाएको छ । आईतबार पनि अन्तर प्रदेश समन्वय समितीको बैठक आह्वान गरिएकाले बैठक कहिले बस्ने हो भन्ने बारे अनिश्चित भएको हो ।
बैठक स्थगित भएपछि प्रधानन्यायाधिशको सिफारिस समेत प्रभावित बनेको छ । वर्तमान प्रधानन्यायाधिश ओम प्रकाश मिश्रको पुस १७ गतेबाट अबकाश हुने भएपछि प्रधानन्यायाधिशका लागि न्यायपरिषदले बरिष्ठ न्यायाधीशद्वय दिपक राज जोशी र चोलेन्द्र समशेर राणाको नाम सिफारीस गरेको थियो । यस अघि ससदीय विशेष सुनुवाई समितीले प्रधानन्यायाधीशमा जोशीलाई अस्वीकृत गरेको थियो । बैठक बस्न नसक्दा विषयगत विभिन्न आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुन सकेन ।

