निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको दाबी

मंसिर २२, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको दाबी गरेका छन् ।

शनिबार राजधानीमा १०औं मानवअधिकार राष्ट्रिय महाभेलाको अवसरमा आयोजित कार्यक्रममा उनले निर्मलाको हत्यारालाई प्रहरीले नियन्त्रणमा लिइसकेको भन्दै हत्यारा चाँडै नै सार्वजनिक गरिने बताए । रक्षामन्त्री पोखरेलले निर्मलाको न्यायका लागि भन्दै ‘पोस्टर टाँस्दै हिँड्नेहरु हत्यारा सार्वजनिक गर्दा छाता ओडाउन आउने हुन् कि !’ भन्नेमा आफूलाई आशंका लागेको भन्दै व्यंग्यसमेत गरे । मानवअधिकारको विषयलाई मौसमी नाराकारुपमामात्र नलिन उनले आग्रह गरे ।

उनले विभिन्न कानुनहरु बनाउनु नै सरकारका लागि अहिलेको चुनौती रहेको बताए । कार्यक्रममा मानवअधिकारकर्मी भवानीप्रसाद खरेललाई मानवअधिकार राष्ट्रिय भेला सम्मान र मानवअधिकारर्मी कृष्णा विष्टलाई महिला मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको थियो । यस्तै, मानवअधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरलाई मरणोपरान्त सम्मानित गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.