सिएनएन कार्यालयमा ५ वटा बम राखिएको चेतावनी, कार्यालय खाली गरियो

मंसिर २१, न्यूयोर्क । चर्चित अमेरिकी टेलिभिजन सिएनएनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएका छन । साे चेतावनीपछि सिएनएनकाे पूरै कार्यालयलाई प्रहरीले खाली गराएको छ ।

स्थानीय समयअनुसार बिहीबार राति १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए । न्यूयोर्कस्थित सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको हाे । टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी जारी नै राखिएको बताइएकाे छ ।

गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.