दुई लाख सेवाग्राहीले पाएननन् स्मार्ट लाइसेन्स

मंसिर २१, ललितपुर । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) पाएका छैनन ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लीएको परीक्षा उतीर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म ५ लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र सुरु गरेदेखि अहिलेसम्मको हो ।

कार्यालयबाट लीएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन ।

उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन भने दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको भक्तपुरका विराज नेपालले बताए । ‘अक्षर मेटिएर दुई पटक फेरीसकेँ’, उनले भने, ‘अझै कति समय लाग्ने थाहा नभएर अहिले चहिँ लेमिनेशन नै गरेर राखेको छु ।’

स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएका हुन । कार्यालयमा धेरै खालका गुनासो लिएर सेवाग्राही आउने गर्छन । तीमध्ये सबैभन्दा बढी सवारी चालक अनुमतिपत्रमा भइरहेको ढिलाइसँग सम्बन्धित छ । उनले भने, ‘एक दिनमा धेरै जना मेरो लाइसेन्स बन्यो कि बनेन र कहिले आउँछ भन्दै सोध्न आउँछन ।’

घरबाट निस्कँदा नै गाली खानका लागि तयार भएर निस्कनुपरेको पौडेलले बताउनुभयो । कार्यालयमा आउने सेवाग्रही धेरै खालको गुनासो लिएर आउने गरेका छन । त्यसमा सबैभन्दा बढी चालक प्रमाणपत्रका लागि भइरहेको ढिलाइसँग सम्बन्धित हुन्छ । उनले भने, ‘दैनिक २० जना जति मेरो लाइसेन्स कहिले आउँछ भन्दै आउँछन, हामीसँग दिने जवाफ हुँदैन ।’

दश महिनाअघि चालक अनुमतिपत्र परीक्षा पास गरेकी ठेचोकी रञ्जना महर्जन चार पटकसम्म चालक अनुमतिपत्र बने नबनेको बुझ्न कार्यालय आइसकिन ।

हरेक पटक आउँदा उनले अनुमतिपत्र कहिले आउँछ भन्ने प्रश्नको जवाफ पाएकी छैनन । महर्जनले कार्यालयबाट बिदा लिएर हतारिएर चालक अनुमतिपत्र बनाएकी थीन । एक-पटक पास नभएपछि एक साताभर तयारी गरेर अर्काे साता ट्रायल परीक्षा पास गरिन । त्यतिको हतार गरेर पास गरे पनि उनले अझैसम्म चालक अनुमतिपत्र पाएकी छैनन ।

यो कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरू गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका अञ्चल कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन ।

सबै अञ्चल कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । त्यहाँ भएको उपकरण पर्याप्त नभएकाले समस्या भएको हो । पौडेलले भने, ‘एकातिर पहिले लीसकेकाको नवीकरण र अर्कातिर नयाँ बन्ने चालक अनुमतिपत्रमा स्मार्टकार्ड नै लागू भएको छ ।’

चालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.