९९ स्वयंसेविकालाई साइकल वितरण

मंसिर २१, बर्दिया । निश्वार्थ सेवामा लागेका स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल बढाउनका लागि ९९ जना स्वयंसेविकाहरुलाई साइक वितरण गरिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकाले १५ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा साईकल वितरण गरेको हो ।

स्वयंसेविकाहरुको मनोबल बढाउन र उनीहरुलाई काम गर्ने हौसला मिलोस भन्ने उद्देश्यले साईकल वितरण गरिएको हो । यस्तै गाउँपालिकाका ९ वटै वडाका १र१ जना उत्कृष्ट काम गर्ने स्वयंसेविकाहरुलाई नगद २ हजारसहित सम्मान गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.