स्थानीयवासीद्वारा विद्युत् प्राधिकरणका दुई कर्मचारीमाथि कुटपिट

मंसिर २०, लहान । हुकिङ गरी विद्युत चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन ।

विद्युत चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत कर्मचारीमाथि कुटपिट गरेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिनुभयो । स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन ।

घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिनुभयो । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.