सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक छ– मन्त्री विष्ट

मङ्सिर १९, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको प्रशस्त सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

सूचना प्रविधि युनियनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचना प्रविधिको सुधार र व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । सूचना प्रविधिको विकास र औचित्यलाई सबैले स्वीकार्नु अनिवार्य भएको बताउँदै उहाँले भन्नुभयो, “प्रविधिले सुशासन कायम गरी विकृति विसङ्गति अन्त्य गर्न धेरै सहयोग पु¥याएको छ । प्रविधिको प्रयोगमार्फत सामाजिक संवादलाई प्रतिफलमुखी बनाउन आवश्यक छ ।”

श्रमिक र रोजगारदातालाई नयाँ ¬ढङ्गबाट परिभाषित गरिनु पर्नेमा जोड दिँदै उहाँले श्रमिकले अपनत्व महसुस गर्ने गरी रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध कायम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रोजगारदाता र श्रमिकको सम्बन्ध हार्दिक हुँदै गएका छन्, श्रमिकले अतिरिक्त कामको अतिरिक्त ज्याला, बोनस प्रणाली र कामका आधारमा हिस्सेदारी प्राप्त गर्ने अवस्था यसैका उदाहरण हुन् ।”

कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान) का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधिको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताउँदै यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.