नेपाली परिवेश झल्किने सेलो ‘माथि माथि लेकमा’ भिडियो सहित सार्वजनिक

मंसिर १९, काठमाडौं । गायक सन्तोष लामा वाईबाको बिलकुलै नयाँ गीत ‘माथि–माथि लेकमा’ सार्वजानिक भए लगतै स्रोता दर्शकको मनमा पस्न सफल भएको छ । ‘माथि माथि लेकमा घुम्नमा जाँदा गुन्द्रुकको अचार च्याख्लाको भात भन्ने नेपाली परिवेश र समाजमा बोलिने शब्द प्रयोग गर्दै गायक लामा वाईबाले उक्त गीत दर्शक स्रोतामाझ पस्काएका हुन् ।

गायक वाईबाको सो गीतमा दोलखाको पर्यटकिय क्षेत्र खरिढुङगा र कालिन्चोक आसपासमा छायांकन भएको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बुद्ध लामा तितुङको निर्देशनमा बनेको भिडियोलाई रामेश्वर जिरेरले छायांकन गरेका छन् भने शब्द संगीत अमर लामा बम्जनको गरेका हुन । भिडियोमा कलाकारहरु रबिता मगर, ममता मोक्तान, सुरज लामा र जीवन मानन्धरको अभिनय देख्न सकिन्छ । श्रृङगार यामर सिं ब्लोनले गरेका हुन ।

निकै मेहेनतका साथ बनाईएको भिडियो नेपालीपन झल्किने रहेको समिक्षकहरुको विश्लेषण छ । सबै स्रोता दर्शकले मनपराउने आशा पनि निर्माण पक्षको गरेको छ । दर्जन भन्दा बढि गीत गाईसकेका गायक सन्तोषको यो भन्दा अगाढिनै बाध्यता नामक एल्बम बजारमा आईसकेको छ । बाध्यताले आईपुगे म यो बिरानो सहरमा , लेक माथि फुल्ने गुरास जस्ता गितले सन्तोषको चर्चा चलिरहेकोबेला यो अर्को प्रस्तुतिले सन्तोषको चर्चा झनै चुलिदै गएको छ । भिडियो नबन्दै धेरै स्रोता दर्शकले मन पराएका यस गीत माथि माथि लेकलाई अझै स्रोता दर्शकको माया मिलोस गायक सन्तोष लामा वाईबालाई शुभकामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.