‘निर्मलाको न्याय’का लागि पोस्टर छाप्ने पैसा कहाँबाट आयो ?

मंसिर १९, काठमाडौं। काठमाडौंसँगै देशका प्रमुख सहरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर भाइरल भइरहेको छ। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै बनाइएको पोस्टर सहरका भित्ता र सार्वजनिक सवारी साधनमा छ्याप्छ्याप्ति टासिएको छ जुन सामाजिक सञ्जालमा भाइरल छ। निर्मलाको स्केचसहितको पोस्टर नै अहिले खास चर्चाको विषय बनेको छ।

कसरी सुरु भयो पोस्टर अभियान ?

सरकारले सामाजिक सुरक्षा लागू भएको घोषणा गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा विजुलीको पोल र दैनिक पत्रिकाको पहिलो पृष्ठमा नयाँ युगको सुरुवात लेखेको विज्ञापन छाप्यो। अतिरञ्जित प्रचार गरेको भन्दै सरकारको व्यापक आलोचना भयो।

सामाजिक सुरक्षा लागू भएको घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जवाफ फर्काउँदै भने – सरकार देखेन भन्नेलाई देखाउन प्रचार गरेका हौ। त्यसपछि निर्मलाको हत्यारा पत्ता लगाएर कारवाहीको माग गरिरहेका अधिकारकर्मीसहित सर्वसाधारणले एउटा पोस्टरको कल्पना गरे। निर्मलाको स्केचसहित सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टर डिजाइन भयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.