‘छैठौं पृथ्वी राष्ट्रिय  लोकदोहोरी अवार्ड २०७५’ को आयोजना गरिने

मंसिर १९, काठमाडौं। काठमाडौंमा मंसिर २९ गते लोक दोहोरी अवार्ड २०७५ हुने भएको छ।  पाँच वर्षदेखि ‘अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक दोहोरी अवार्ड गर्दै आइरहेको लोक दोहोरी प्रतिष्ठान काठमाडौं उपत्यका समन्वय समितिले यस वर्ष पनि ‘छैठौं पृथ्वी राष्ट्रिय  लोकदोहोरी अवार्ड २०७५ आयोजना गर्ने भएको हो।

अवार्डमा मनोनयनमा परेका उत्कृष्ट पाँच भित्रका प्रतिस्पर्धीबाट छ्नोट गरि अवार्ड बितरण गर्ने भएको छ। छैठौं पृथ्बी राष्ट्रिय लोक दोहोरी २०७५ मा हाल विभिन्न २५ वटा विधा र अन्य विधा गरी जम्मा ३२ वटा विधामा अवार्ड बितरण गरिने कुरा अध्यक्ष पिएन सापकोटाले बताए। कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेकी केन्द्रीय महिला सचीव राधिका हमालले अवार्ड कार्यक्रम सफल बनाउन म्युजिक बैंक स्टुडियोको तर्फबाट रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरिन ।

प्रत्येक वर्ष लोक सङ्गित तर्फका एक अब्बल एबम सक्रिय एक पत्रकारलाई सम्मान गर्दै आइरहेको र यो वर्ष पनि सम्मान गर्ने कुरा बताइएको छ । जसको छनोट कार्यको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितीले गर्ने कुरा जनाईएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.