उपत्यकासहित देशैभरिको मौसम बदलीः हिमाली भेगमा हिउँ पर्ने संभावना

मंसिर १९, काठमाडौ‌ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित बुधबार देशैभरिको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। मौसम बदली भएसँगै काठमाडौंमा जाडो बढेको छ। काठमाडौं उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ। आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताइन्। ‘अबको एक÷दुई दिन मौसम यस्तै रहन्छ,’ नगरकोटीले भनिन्, ‘बुधबार राति पूर्वी तथा पश्चिमी क्षेत्रका केही हिमाली भेगमा हिउँ पर्ने संभावना छ।’

मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन। पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना छ। पश्चिम तराईमा केही दिनदेखि बिहानीपख हुस्सु लाग्न थोको छ। तर, पूर्वी तथा मध्य तराईमा भने मौसम सामान्य बदली भए पनि हुस्सु लागेको छैन।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.