इन्डोनेसियामा विद्रोहीको आक्रमणमा परी ३१ जना कामदारको मृत्यु

मंसिर १९, काठमाडौं । इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ ।

पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा उनीहरुको मृत्यु भएको हो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो । अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.