फागुन ७ देखि निर्णायक आन्दोलनः अध्यक्ष थापा

मंसिर १८, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।

मंगलबार हेटौंडामा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ‘विवादास्पद धार्मिक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिट गरेर सरकारको तथाकथित धर्मनिरपेक्षताको खोल उदांगो भएको छ’–भने । इसाइकरणलाई बढावा दिने सरकारका गतिविधिले देशमा धार्मिक सहिष्णुता खल्बल्याउने खतरा रहेकाले आगामी फागुन ७ गतेदेखि निर्णायक आन्दोलन गर्ने उनको भनाइ थियो ।

पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग एकता मिति तय भइसकेको अवस्थामासमेत धोका भएकाले तत्कालका लागि पार्टी एकता टरेको उनले उल्लेख गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.