निर्मलालाई न्याय माग्दै आर.आर अगाडी विद्यार्थीको प्रर्दशन

मंसिर १८, काठमाडौं । बलात्कारपछि हत्या भएकी कन्चनपुरकी १३ वर्षिय निर्मला पन्तको न्यायका लागि आज राजधानीको भृकुटीमण्डप स्थित आर–आर क्याम्पस अगाडी विद्यार्थीहरुले प्रदर्शन गरेको छ ।

आर.आर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु निर्मलालाई न्याय देऊ भन्दै सरकारको आलोचना सहित प्रदर्शनमा उत्रिएका हुन् । बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रशासनको विरोध प्रदर्शन गरेको हो ।

उक्त विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघले साथ दिर्दै विद्यार्थी नेताहरु गृहमन्त्री र प्रहरी प्रशासनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अपराधीलाई ढाकछोप गर्न अनेकौ प्रपन्ज अपनाउँदै आएको भन्दै सरकारकै राजीनामा समेत मागेका छन् ।

प्रर्दशनमा सहभागी विद्यार्थीहरुले देशमा असुरक्षा बढ्दै गएको र सरकार दिनप्रतिदिन लाचार बन्दै गएको र सरकारबाट जनता सुरक्षित महसुस गर्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.