पार्टीको निर्णयको मर्म बमोजिम नै सरकार अगाडि बड्नुपर्छः नेता पौडेल

मंसिर १७, पर्वत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।

दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा सोमबार आयोजित शहीद स्मृतिसभामा उनले भने, ‘जनतामा लोकप्रिय हुन्छ भने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।’ नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । यसअघि नेता पौडेलले हुवासमा निर्मित शहीद गेटको पनि उद्घाटन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.