गोकर्णेश्वरमा अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने

मङ्सिर १७, गोकर्ण । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ८ आत्तरखेल स्थित नेपालय इंग्लिश पब्लिक स्कुल (नेप्स)ले तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिता गर्ने भएको छ ।

नेपालय इंगलिस पब्लिक स्कुलमा मङ्सिर २१ गते देखि सुरु हुने बिद्यालय स्तर फुटबल प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरिएको थियो। उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपालयइंग्लिस पब्लिक स्कुलका कोर्डिनेटर रबिन खड्काले शैक्षिक ज्ञान र शीप विकास र कौशलको माध्यमबाट आचरण सुधारका लागि प्रतियोगिता गरिने बताए । शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्यले राखेर तेस्रो अन्तर बिद्यालय स्तर फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको समेत बताए ।

मङ्सिर २१ गतेदेखि उक्त प्रतियोगीता नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन हुने र प्रतियोगीतामा सहभागी हुनको लागि ३ हजार रुपैया दर्ता शुल्क लाग्ने संयोजक संगम थापा श्रेष्ठले बताए । सहभागी हुन चाहने बिद्यालयले मङ्सिर १९ गते सम्म दर्ता गरिसक्नु पर्ने र उक्त प्रतियोगिताको टाई सिट मङ्सिर २०गते प्रकाशित गरिने आयोजकले बताएको छ।

मङ्सिर २१ गते दिनको २ बजे नेपाली फुटबलका कप्तान बिराज महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन हुने समेत जानकारी गराइएको थियो । अफिसियल रेफ्रीको भूमिकामा प्रदिप लामा रहनेछन भने प्रतियोगीतामा प्रथम र दोस्रो हुनेले नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.