गैसस महासंघको केन्द्रिय अध्यक्षमा जित राम लामा निर्वाचित

आशिस तामाङ ÷
मङ्सिर १७, काठमाडौं । गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रिय अध्यक्षमा जितराम लामा निर्वाचित भएका छन् ।

राजधानीमा भएको नवौँ जिल्ला महाधिवेशन मार्फत लामा लोकप्रिय मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि महासंघको केन्द्रिय कोषाध्यक्ष रहेका लामा ५५७ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि लामाले देशभरका सामाजिक संघसंस्थाहरुको संस्थागत विकासका हितको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘हामी राज्यका हरेक लक्ष्यमा सारथी बनेर अघि बढ्छौँ, लामाले भने ‘साजिक संस्था मार्फत सुःखी नेपाली, समृद्धि नेपाल भन्ने सरकारको नारालाई हाम्रो यो नयाँ समितिले गाउँसम्म अभियान सञ्चालन गर्ने छौँ ।’

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुब प्रसाद देव, उपाध्यक्षमा सुमित्रा सुवेदी, महासचिवमा राम प्रसाद सुवेदी, उपमहासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवमा भावना भट्ट, देवीप्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शोभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे निर्वाचित भएका छन् । कोषाध्यक्षमा विष्णु थाकाली निर्वाचित भएका छन् भने निर्वाचन मार्फत ४७ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.